अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

प्रस्तावित प्रधानन्यायाधीश मिश्रको सुनुवाई सोमबार हुने

बिआरटीनेपाल २०७५ भदौ २२ गते १९:२३ मा प्रकाशित

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाई भदौ २५ गते सोमबार गर्ने निर्णय गरेको छ। 

समितिको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश मिश्रको सुनुवाई सोमबार गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘आइतबार उजुरीकर्तासँग छलफल गर्ने र सोमबार सुनवाई गर्ने निर्णय भएको छ’, उनले भने।

संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाईं प्रधान्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू