अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

राष्ट्रिय दलले तिर्नुपर्ने जरिमाना डेढ करोड

बिआरटीनेपाल २०७५ भदौ २१ गते १९:४० मा प्रकाशित

प्रमुख चार राजनीतिक दलले कानुन उल्ल.घन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ।

राष्ट्रियराजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी(साजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो। पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन्। यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ।,यो खबर आजको राजधानीदैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू