अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

मोडल हन्टका प्रतियोगीले गरे रक्तदान

बिआरटीनेपाल २०७५ भदौ १८ गते ७:४८ मा प्रकाशित

काठमाडौँ – ‘मोडल हन्ट नेपाल २०१८’ का प्रतियोगी रक्तदान कार्यक्रममा सहभागी भएका छन् । आइतबार ठमेलको नर्सिङ चोकमा आयोजित रक्तदान कार्यक्रममा प्रतियोगीका ८० प्रतियोगी सहित करिब १५१ बढीले रक्तदान गरे । कार्यक्रममाबाट सङ्कलन भएको रगत नोबेल ब्लड बैकलाई हस्तान्तरण गरिएको छ । मोडल हन्टका प्रतियोगीलाई विभिन्न प्रशिक्षण सहित सामाजिक उत्तर दायित्व बोध गराउने उदेश्यले रक्तदान कार्यक्रममा प्रतियोगीलाई सहभागी गराइएको हो ।

मोडल हन्ट नेपाल, लाइनस् क्लब अफ ठमेल इवीजा र लायन्स क्लब अफ काठमाडौँको संयुक्त आयोजित रक्तदान कार्यक्रममा अहिले देखिएको रगत अभावलाई केही हदसम्म पनि सहज बनाउने उदेश्यले आयोजना गरिएको कार्यक्रम संयोजक तथा इवीजा क्लबका अध्यक्ष दावाङ लामाले बताए । 

फेसन र इभेनटमा सहभागी हुँदा पनि सामाजिक कार्य गर्न पाउँदा आफूलाई निकै खुसी लागेको मोडल हन्तका सहभागी मध्य एक किरण चन्दल बताइन् ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यातना पाण्डेले बताइन् । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजामा मोडल हन्ट नेपालको विजेता छानिनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू