अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 17:25

हुँदाहुँदा अब ‘बलात्कारी’ समेत नक्कली !

बिआरटीनेपाल २०७५ भदौ १६ गते २१:१२ मा प्रकाशित

बजारमा नक्कली सर्टिफिकेटको चर्चा व्यापक छ । 

नक्कली नागरिकता पनि ब्यापकै छ भन्दा फरक पर्दैन । त्यस्तै नक्कली साबुन, नक्कली तेल, नक्कली सैम्पु, नक्कली औषधिबारे पनि हामीले सुनेकै हौँ । अब नक्कलीहरुको यो हुलमुलमा एउटा अर्को नक्कली थपिएको छ, नक्कली बलात्कारी । बजार त नक्कलीहरुले पुरै छोपिसकेको रहेछ । हुँदाहुँदा अब बलात्कारीसमेत नक्कली आउन थालिसक्यो । हालै मात्र कञ्चनपुरमा त्यस्तो नक्कली बलात्कारी पक्राउ परेको हो ।

कञ्चनपुरमा गत महिना एक चेली बलात्कारपछि हत्याको सिका र भएकी थिइन् । घटनाप्रति स्थानीय जनता आक्रोशित भएपछि प्रहरीले एउटा बलात्कारी पक्राउ गर्यो । सबैका सामु सार्वजनिक पनि गर्यो । पछि थाहा भयो, उनी त नक्कली बलात्कारी पो रहेछ ।, आजकोनेपालसाप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू