अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

बालुवाटारबाट बिदा भए जोशी

बिआरटीनेपाल २०७५ भदौ १५ गते २१:५४ मा प्रकाशित

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि बिदामा छन् ।

५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी बालुवाटार सरेका थिए ।

१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि २० साउनदेखि घर बिदामा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू