अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

शेर्पा सङ्घ अमेरिकामा निमा शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति

बिआरटीनेपाल २०७५ भदौ १३ गते ८:१७ मा प्रकाशित

शेर्पा सङ्घ अमेरिकाको प्रथम अधिवेशनले निमा शेर्पा (सिन्धुपाल्चोक )को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा ल्हाक्पा देण्डी शेर्पा (भोजपुर), उपाध्यक्षमा मिङमार शेर्पा (खोटाङ) , महासचिवमा फुर्वा शेर्पा (सोलुखुम्बु), सचिवमा डोमा शेर्पा (सोलुखुम्बु) कोषाध्यक्षमा साङमु शेर्पा (सङ्खुवासभा) सहकोषाध्याक्षमा आङ पासाङ लामा शेर्पा एपि (दोलखा) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा आङछिरिङ शेर्पा (दोलखा), सोनाम गेल्बु शेर्पा (रामेछाप), डोल्मा शेर्पा (दोलखा), गेल्बु शेर्पा (ओखलढुंग), लक्ष्मी शेर्पा (सिन्धुपाल्चोक) , आङफुरि शेर्पा (सोलुखुम्बु) फुर्वाछिरि शेर्पा (दोलखा) र ग्युर्मे शेर्पा (दोलखा) निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारीहरूलाई लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पाले प्रमाणपत्र प्रदान गरेका थिए भने प्रमुख अतिथि बौद्ध धर्म गुरु उर्गेन टुल्कु रिम्पोचेले शपथ दिलाएका थिए । 

प्रतिक्रिया