अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

अल्विना भइन ‘टिन प्रिन्सेस नेपाल–२०१८’

बिआरटीनेपाल २०७५ भदौ ९ गते १०:३१ मा प्रकाशित

काठमाडौँ । ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौँको ठमेल निवासी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन् । शुक्रवार अबेर रात काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा ¥याम्प जोनद्वारा आयोजित ‘टिन प्रिन्सेस नेपाल–२०१८’ मा आफ्ना दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अल्विनाले अर्को उपाधि मिस व्युटिफुल सहित मुख्य उपाधि जितिन् । उनले ‘टिन प्रिन्सेस नेपाल भए बापत क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्स, मर्सी एजुकेसनबाट आईएल्स् कोर्स र विभिन्न उपहार प्राप्त गरिन् ।

सो प्रतियोगितामा समिना नकर्मी फस्ट रनर अप, सविना धानुक सेकेन्ड रनरअप बन्न सफल भए । अन्य उपाधि तर्फ मस्ट पपुलरमा मोमिला भुजेल मगर, बेस्ट पर्सनालिटीमा निशा लता राई, मस्ट फोटोजेनिकमा आरती चौलागाई, मस्ट डेडिकेटेडमा तारा दयाल, बेस्ट क्याटवाकमा शान्ति ढकाल, बेस्ट स्माईलमा आसमा खड्का, मस्ट ट्यालेन्टमा सविना धानुक चयन भए ।

किशोरीहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको र्याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठले बताइन् ।

टिन प्रिन्सेस नेपाल–२०१८को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, चर्चित अभिनेता प्रदीप खड्का, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका वसन्त प्रकृतिलगायत थिए ।
मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफरमा अश्विनी झा थिए ।

प्रतिक्रिया