अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१ | Colorodo: 05:46

कन्सर्न नेपाल, क्यानडाले टोरोन्टोमा चियापान कार्यक्रम गर्दै

खेम भट्टचन, वासिङ्टन डिसी २०७५ असार १३ गते १२:४१ मा प्रकाशित

कन्सर्न नेपाल, क्यानडाले ग्रेटर टोरोन्टोको भ्रम्टनमा आगामी जुलाई एक तारिख आइतबार चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । क्यानडाको न्याग्राफल्समा हुने उत्तर अमेरिका सीमा बारिपारि काव्य गोष्ठीमा भाग लिन अमेरिकाको राजधानी वासिङ्टन डिसी भर्जिनियाबाट आउने कवि साहित्यकार तथा नेपाली मिडियाकर्मीहरुको स्वागतार्थ चियापानको कार्यक्रम राखिएको हो। एन आर एन क्यानडाको सक्रिय सहयोगमा टोरोन्टो एरियाका सङ्घ संस्थाका पदाधिकारीहरूको उपस्थिति रहने यो कार्यक्रमको बिआरटी नेपालबाट लाईभ प्रत्यक्ष प्रसारण गरिने कुरा आयोजक संस्था कन्सर्न नेपाल, क्यानडाका संयोजक सुवास बिस्वोकर्माले बताए।

चियापान हुने ठेगाना यस प्रकार छ:
30 WORLD DRIVE , Mississauga
Ontario, Canada
L5T 3A2

Date : July 1st 2018 , Sunday
Time : 10.00 AM SHARP
For Contact : 416-829-5280

फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू