अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

पोर्चुगलमा नलीना एकल साङ्गीतिक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ भदौ ६ गते ८:०२ मा प्रकाशित

लिस्वोन, नेपालकी ख्याति प्राप्त पप गायिका नलीन चित्रकारले पोर्चुगलका नेपालीहरूलाई भव्य नचाइन । अन्तर्रासष्ट्रय नेपाली साहित्य समाज, (अनेसास) पोर्चुगल तथा सङ्घीय नेपाली महिला फोरम, पोर्चुगलको संयुक्त आयोजनामा नेपालका सुदूर पश्चिमका महिला तथा बाल—बालिकाहरूमा लागेको गम्भीर प्रकृतिको रोगको उपचारार्थ सहयोग स्वरूप आयोजना गरिएको उक्त एकल साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

सङ्घीय समाजवादी फोरम,पोर्चुगलका अध्यक्ष गणेश बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न पहिलो सत्रको औपचारिक कार्यक्रममा प्रमुख अतिथि पोर्चुगलका लागि नेपाली पर्यटन दूत तथा अनेसास, पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ, विशेष अतिथि एनआरएन आईसीसी सदस्य, नरेन्द्र बहादुर हमाल, एनआरएनए,पोर्चुगलका अध्यक्ष तथा अनेसास,पोर्चुगलका सल्लाहकार कुविर कार्की,अनेसास,पोर्चुगलका अध्यक्ष बाइ बि गुरुङ, अनेसास,पोर्चुगलका वरिष्ठ सल्लाहकार तथा नव निर्वाचित केन्द्रीय उपाध्यक्ष सुनिल सङ्गम, नेपाली नारी समाज,पोर्चुगलकी प्रतिनिधि सुनिता भट््टराई लगायतका वक्ताहरूले कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने उक्त औपचारिक कार्यक्रममा स्वागत मन्तव्य अनेसास,पोर्चुगलका उपाध्यक्ष कमल प्रसाद सापकोटाले गरेका थिए भने अनेसास,पोर्चुगलका सचिव तथा कार्यक्रम संयोजक विनोद प्रसाद धिमाल “स्पन्दन” ले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न साहित्यिक रचनाहरू पनि वाचन गरिएको थियो भने कार्यक्रमको प्रमुख आकर्षण नलीना चित्रकारको सुमधुर स्वरले दर्शकहरू मन्त्रमुग्ध भई भरपुर मनोरञ्जन लिएका थिए । च्यारीटी डिनर सहितको कार्यक्रम भएकोले उल्लेख्य मात्रामा दर्शकहरूको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमबाट संकलीत रकम पूर्व घोषित लक्षित परिवारलाई सहयोग गरिने कुरा आयोजक अनेसास,पोर्चुगलका अध्यक्ष बाइ बि गुरुङ्गले जानकारी दिएका छन् 

प्रतिक्रिया