अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४० | Colorodo: 20:55

इरानद्धारा आफ्नो पहिलो घरेलु लडाकू विमान सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ ५ गते ८:३५ मा प्रकाशित

इरानले आफ्नो पहिलो घरेलु लडाकु विमान सार्वजनिक गरेको छ । तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा मंगलबार विमान सार्वजनिक गरिएको हो । राज्य नियन्त्रित टेलिभिजनले विमानको सार्वजनिक कार्यक्रममा इरानी राष्ट्रपति हसन रुहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू विमान हो । उक्त विमानमा अत्याधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो विमान शतप्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको ईरानी संचारमाध्यमहरुले जनाएका छन् । राज्य नियन्त्रित टेलिभिजनले यो विमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ ।

ईरानी रक्षामन्त्री हतामीले इरानको प्रतिरक्षा कार्यक्रम सन् १९८० को दशकमा इराकबाट ८ वर्षसम्म लगातार आक्रमण भएदेखि नै आरम्भ गरिएको वताउनुभएको छ । इजरायल र संयुक्तराज्य अमेरिकाले बारम्बार चेतावनी दिएपछि इस्लामिक गणतन्त्रले आफ्ना सबै विकल्प खुला राख्नुपर्दछ भन्ने मान्यताबाट अघि बढेको उहाको भनाई थियो । अमेरिकाले अर्बौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ । तर, इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गर्दै आएको छ । यसैगरी, इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू