अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 05:29

अभ्यास सामग्री हस्तान्तरण

बिआरटीनेपाल २०७५ साउन ३१ गते १५:५४ मा प्रकाशित

अमेरिकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन (Laerdal Little Anne Manikin with Light skin and Brown skin) नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । विपत् तथा दुर्घटना वा बिरामीको अवस्थामा परिचालन हुने उद्धार कर्ता तथा प्राथमिक उपचारकलाई तालिम दिन उपयोगी हुने यी मेनीकिनहरु कृत्रिम श्वासप्रस्वास अभ्यासमा प्रयोग गरिन्छन् । 

अमेरिकन रेडक्रस सोसाइटीका प्रतिनिधि लीला मुलुकुटला (Leela Mulukutla) ले नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्न धाख्वालाई एक समारोहका बिच आज केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नुभयो । ती मेनीकिनहरुको कुल लागत बाह्र लाख तीस हजार नेपाली रुपैयाँ रहेको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार विभाग, विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, विभिन्न गोदामघरहरु, उत्थान परियोजना तथा तयारी परियोजना मार्फत सञ्चालन हुने तालिम ती मेनीकिनहरु प्रयोगमा आउने छन् ।

श्वास प्रश्वास समस्या भएकालाई कसरी जीवन बचाउन सकिन्छ भनी उपचारकलाई सिकाउन यी मेनिकिन सहयोगी हुने पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू