अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४६ | Colorodo: 16:01

विश्व वरियतामा ब्यापक फेरबदल, नेपाल यथास्थानमै कायम

बिआरटीनेपाल २०७५ साउन ३१ गते ८:३० मा प्रकाशित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अगष्ट महिनाको नयाँ वरियतामा नेपाल यथास्थानमै कायम रहेको छ । फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा यथावत रहेको हो । नेपाल गत महिनाको वरियतामा पनि १ सय ६१ औं स्थानमा थियो । फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने चौथो स्थानमा छ । नेपालभन्दा अघि भारत, अफगानिस्तान र माल्दिभ्स छन् ।

एक स्थान माथि उक्लिएको भारत ९६ औं स्थानमा पुगेको छ । यस्तै अफगानिस्तान १४५ र माल्दिभ्स १५० औं स्थानमा यथावत छन् । नेपालभन्दा तल भुटान १८३, बंगलादेश १९४, श्रीलंका २०० र पाकिस्तान २०१औं स्थानमा छन् । एसियाली मुलुकमध्ये ५ स्थान माथि उक्लदै इरान ३२ औं स्थानमा रहँदै अगाडि छ । सात स्थान तल झरेको अष्ट्रेलिया दोस्रो तथा ६ स्थान माथि उक्लिएको जापान ५५(तेस्रो) स्थानमा छन् । नयाँ वरीयताको शीर्ष स्थानमा फ्रान्स पुगेको छ ।

विश्व बिजेता फ्रान्स ६ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेको हो । एक स्थान माथि उक्लिएको बेल्जियम दोस्रो स्थानमा तथा १ स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा पुगेको छ । सबैभन्दा धेरै १६ औं स्थान माथि उक्लदै क्रोएसिया चौथो स्थानमा पुगेको छ भने ९ स्थान माथि उक्लिएको उरूग्वे पाँचौ स्थानमा छ । यस्तै रूस सर्वाधिक बढी वरीयता सुधार गर्ने राष्ट्र बनेको छ । घरेलु भूमिमा सम्पन्न विश्वकपमा तहल्का मच्याएको रूसले २१ स्थान माथि उक्लदै ४९ औं स्थानमा पुगेको हो । रूस विश्वकपपछि ६ स्थान माथि उक्लिएको इंग्ल्यान्ड छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झर्दै पोर्चुगल सातौं स्थानमा झरेको छ । यस्तै स्विजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ । ६ स्थान तल झरेको अर्जेन्टिना ११ औं स्थानमा पुगेको छ । १५औं स्थानमा पुगेको जर्मनी १४ स्थान खस्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू