अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

बानाको अगुवाइमा आयोजित पिकनिक भव्य रूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ साउन २२ गते ९:३९ मा प्रकाशित

बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका बानाको मूल अगुवाइ तथा लमजुङ अमेरिका सेवा समाज, एनआरएन मेरिल्याड च्याप्टर, नासो कम्युनिटि अमेरिका, तनहुँ अमेरिका सोसाइटी, प्रवासी नेपाली मञ्च मेरिल्याड च्याप्टर अमेरिका लगायतको सहआयोजनामा आयोजित मैत्रीपूर्ण पिकनिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

बाल्टिमोर लगायत यस वरपर रहेका झन्डै ९ सय भन्दा बढी नेपालीहरूको सहभागिता रहेको उक्त पिकनिकमा भलिबल, म्युजिकल चेयेर, बिङगो, घैटो फुटाउने लगायतका खेलले उपस्थित समुदायलाई निकै मनोरञ्जन प्रदान गरेको थियो । विभिन्न सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न पिकनिक कार्यक्रममा मेरिल्याड, न्युयोक, पेन्सलभेनिया, भर्जिनिया लगायतका ठाउँबाट समेत नेपालीहरूको उपस्थिति रहेको थियो । पिकनिकलाई भव्य रूपमा सम्पन्न गर्नका लागि सक्रिय सम्पूर्ण सङ्घसंस्था, बानाका सल्लाहकार, पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरू लगायत लाई धन्यवाद दिँदै बानाका अध्यक्ष अनुसुया वन्त श्रेष्ठले एकत्रित गर्न गाह्रो भए पनि पिकनिकमा उपस्थित नेपालीहरूको उत्साह देखेर आफू निकै खुसी भएको बताउनु भयो ।

कार्यक्रममा नेपालबाट पाल्नुभएको वरिष्ठ हास्य कलाकार मदनकूष्ण श्रेष्ठ र मेरिल्याड र पेनसलभेनिया अवैतनिक महावाणिज्य दूत प्रेम राजा महतले उपस्थित समुदायलाई सम्बोधन गर्दै नेपालीहरूको एकता र सक्रियता देख्दा आफूहरू उत्साहित भएको बताएनुभयो । बाल्टिमोरको एक मात्र छाता सङ्गठन बाना भएकाले आगामी दिनमा समेत विभिन्न संघसंस्थाहरु लाई एकिकत गर्दै यस्तै पिकनिक जस्तै समुदाय केन्द्रित कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । पिकनिकमा सहभागी विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र सहयोगीहरूलाई सम्मान तथा धन्यवाद दिर्दै बानाले आगामी दिनमा बाल्टिमोरमा क्रियाशील संस्थाहरूसँग मिलेर अझ भव्य रूपमा नेपाली समुदाय केन्द्रित कार्यक्रम गरिने बानाका वरिष्ठ उपाध्यक्ष सुवोधविलास पन्तले बताउनुभयो ।

यसैबिच उक्त पिकनिक कार्यक्रममा आयोजितमैत्रीपूर्ण भलिबल प्रतियोगितामा मेरिल्याड भलिबल गुप कोलम्बियाले प्रथम स्थान हासिल गरेको छ । कुल ६ टिमको सहभागी रहेको उक्त प्रतियोगितामा बेलमन पार्क भलिबल गुप ए ले दोस्रो र बेलमान पार्क भलिबल गुप बि ले तेस्रो स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो स्थानमा हासिल गर्ने खेलाडीलाई बानाका अध्यक्ष अनुसुया वन्तले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बेलमान पार्क ए का नेत्र गुरुङलाई बानाका वरिष्ठ उपाध्यक्ष सुवोधविलास पन्तले उत्कृष्ट खेलाडीको पुरस्कार दिनुभएको बानाका खेलकुद संयोजक जनकराज पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया