अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय वैठक स्थगित

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:१५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार ४ बजे बस्ने भनिएको सचिवालय बैठक पार्टी अध्यक्ष प्रचण्ड अनुपस्थित हुने भएपछि स्थगित भएको हो । अध्यक्ष प्रचण्ड पर्सा जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागि भएपछि समयमै काठमाडौं आउन नसकेका कारण सचिवालय बैठक स्थगित भएको नेकपा श्रोतले जनाएको छ ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिवारे छलफल हुने बताइएको थियो ।

यसैगरी, आजको वैठकमा भातृ सङ्गठन, मोर्चा, विभाग, प्रदेश, जिल्ला तथा स्थानीय समितिबीच चाँडै एकता टुङ्गो लगाउन छलफल हुने कार्यक्रम थियो । प्रधानन्यायाधीश प्रकरण र नेपाली काँग्रेसको आन्दोलन लगायतका विषयमा समेत वैठकमा छलफल गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

हालसम्म नेकपाको केन्द्रीय समितिको मात्र एकीकरण भएको छ । यसअघि, पार्टीको बाँकी जनवर्गीय संगठनहरुको एकीकरण नहुँदा पार्टी क्रियाशील जस्तो नदेखिएको भन्दै यसलाई चाँडै टुङ्गो लगाएर अगाडि बढ्नुपर्ने विषयमा सोमबार नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली वीच छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू