अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:११ | Colorodo: 14:26

अर्थ मन्त्री डा. खतिवडाले नेपाल, भारत तथा चीन २१ औँ शताब्दीमा सम्बन्ध विस्तार विषयक पुस्तकको विमोचन

बिआरटीनेपाल २०७५ साउन १७ गते १८:०६ मा प्रकाशित

नेपाल उद्योग परिसंघ प्रबुद्ध परिषद् (थिङ्कट्याङ्क) का संयोजक शम्भु राम सिंखडाद्वारा लिखित “नेपाल, भारत तथा चीन २१ औँ शताब्दीमा सम्बन्ध विस्तार” विषयक अङ्ग्रेजी पुस्तकको विमोचन गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले त्रिपक्षीय आर्थिक सम्बन्ध सुदृढ एवं विस्तार गर्न यो पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्दै परिसंघद्वारा आयोजित कार्यक्रममा “समृद्धिको मार्गचित्रको कार्यान्वयन अन्तर्राष्ट्रिय समुदायको भूमिका” विषयक कार्यक्रमले समेत मुलुकले अङ्गीकार गरेको तीव्र र दिगो विकासको लक्ष्य हासिल गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहयोग, सद्भावले समृद्धिको मार्गमा नेपाललाई थप ऊर्जा प्रदान गर्नेमा विश्वस्त रहँदै निजी क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारिक÷औद्योगिक समुदाय बिचमा भएको समझदारीबाट समेत मुलुकमा थप लगानी आउने सन्देश प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

सो अवसरमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष हरिभक्त शर्मा र पीएच्डी चेम्बर अफ कमर्सका अध्यक्ष अनिल खेतानले नेपालमा र भारतमा दुवै चेम्बरमा भारत नेपाल सेन्टर को स्थापना गर्ने कुरामा सहमति भएको छ । सोको स्टेरिङ्ग कमिटीमा पीएच्डी चेम्बरका तर्फबाट पूर्व राजदूत के.भी. राजन तथा नेपालका तर्फबाट परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्माण चौधरीले नेतृत्व गर्नुहुने तय भएको छ । सो समितिको उद्देश्यहरुमाः पूर्वाधार, जलश्रोत, साना तथा घरेलु उद्योग, रेल्वे, पर्यटन, कृषि आदिमा दुई मुलुकबिच आर्थिक सदृढिकरण गर्ने उल्लेख छ । साथै भारत नेपाल केन्द्रको उद्देश्यहरूमा आगामी दिनका योजना र कार्यदिशा तय गर्ने, आवश्यकता अनुसार उपसमिति गठन गर्ने, दुवै समितिको कार्य स्पष्ट किटान गर्ने, दुवै मुलुकमा आर्थिक सम्बन्धमा कार्यक्रम गर्ने र कम्तीमा वर्षमा एउटा “मेगा” कार्यक्रम गर्ने योजना परिलक्षित गरिएको छ ।

सो अवसरमा स्वागत मन्तव्य दिँदै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा धेरै पुराना ऐनहरूको संशोधन आवश्यक भएको र मुलुकमा स्थायित्व भइसकेको हुँदा आर्थिक वृद्धि हुने अपेक्षा राखे । लगानी अभिवृद्धि गर्न कर्णाली प्रदेशमा दश वर्षको आयकर छुटको व्यवस्था सह्राहनिय रहेको बताउँदै सङ्घीय प्रणाली अन्तर्गत प्रदेश र स्थानीय निकाय बलियो हुँदै गएमा यसबाट समृद्धिको फल प्राप्त हुने अपेक्षा रहेको बताए । मुलुकमा हाल रहेको १५ प्रतिशत घरेलु बचत र ४५ प्रतिशत लगानी आवश्यकताको खाडल पूर्ति गर्न पनि हाम्रा नीति र विदेशीलाई लगानी गर्न आमूल परिवर्तनको खाँचो रहेको बताए ।

पुस्तक विमोचन पश्चात् बोल्दै परिसंघ प्रबुद्ध परिषद्का संयोजकले समृद्धिको मार्गचित्रको कार्यान्वयनमा परिसंघले तयार गरेको मार्गचित्रमा सहयोग भएमा थप प्रभावकारी हुने बताउँदै आफ्नो पुस्तकको बारेमा समेत मन्तव्य राख्दै यो पुस्तक २१ औँ शताब्दीको बदलिँदो विश्व परिस्थितिमा सान्दर्भिक हुने र यसको प्रयोग सम्बन्धित पक्षबाट भएमा आफ्नो मेहनत सार्थक हुने बताए ।

पीएच्डी चेम्बर अफ कमर्सका अध्यक्ष अनिल खेतानले नेपालले समृद्धिको लागि लिएको नारा समृद्ध नेपाल सुखी नेपाली र भारतमा भारत सरकारले लिएको समान नाराले समेत दुइृ मुलुक समृद्धिको मार्गमा लम्किरहेको बेलामा दुई व्यापारिक/औद्योगिक प्रतिनिधि मूलक संस्था बिच भएको यो समझदारी पत्र हस्ताक्षरको सबल र सफल कार्यान्वयनमा दुवै पक्ष गम्भीर रहेको बताए ।

नेपालका पूर्व राजदूत तथा पीएच्डी चेम्बर अफ कमर्सका स्टेरिङ्ग कमिटीका संयोजक के.भी. राजनले दुई मुलुक बिच आर्थिक सम्बन्ध सुदृढको अपार सम्भावनालाई प्रयोग गरी त्यसको प्रतिफल जनतासम्म पु¥याउने आजको वास्तविकता रहेको बताए ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत तथा कार्यक्रमका विशेष अतिथि मञ्जीव सिंह पुरिले दुई मुलुकबिच खास गरी प्रधानमन्त्री के पी शर्मा ओलीको गत वर्षको भारत भ्रमण पश्चात् विभिन्न क्षेत्रहरूमा क्रमिक कार्यान्वयनको कार्य भइरहेको र पर्यटन, कनेक्टीभिटी, विद्युत् प्रसारणमा आशातीत उपलब्धि हासिल गर्न दुवै मुलुक प्रयत्नशील रहेको बताउँदै नेपालको विकास प्रयासमा भारत सदा साथ रहने र हालै दुई
व्यापारिक÷औद्योगिक प्रतिनिधि मूलक संस्था बिच सम्पन्न भएको समझदारी पत्रको माध्यमबाट ठोस परिणाम आउने अपेक्षा रहेको बताए ।

कार्यक्रमका अतिथि गणतन्त्र कोरिया ग्वाज्जु सहरका पूर्व मेयर डा. यून जङ्ग ह्यानले आफू नेपालको असल मित्र रहेको र सधैँ नेपालका आर्थिक विकासमा आफू र आफ्नो देश सहभागी हुन पाउँदा अत्यन्तै गोरवको महसुस हुने बताए ।

कार्यक्रमको अन्तमा परिसंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समितिका संयोजक निर्माण चौधरीले दुवै संस्था मिली ठोस परिणाम निकाल्न आफूहरू संकल्पित रहेको बताए ।

सो अवसरमा विभिन्न मुलुकका महामहिम राजदूतज्यूहरु, वैदेशिक एवं दातृ निकायका प्रतिनिधि, राजदूत, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, उद्यमी–व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू