अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५८ | Colorodo: 08:13

गौरी जोशीलाई बेलायतमा ‘२०१८ को सर्वोत्तम उद्यमी’ अवार्ड

बिआरटीनेपाल २०७५ साउन १५ गते १०:०७ मा प्रकाशित

लन्डन, गैर आवासीय नेपाली सङ्घ अमेरिका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् । बेलायतबाट सञ्चालित नेपाल ब्रिटेन डट कमको ११ औँ वार्षिकोत्वसको अवसर पारेर उनलाई सो अवार्ड घोषणा गरिएको हो । जोशीलाई गैर आवासीय नेपाली सङ्घको युरोप क्षेत्रीय बैठकको अवसर पारेर सङ्घका संरक्षक जीवा लामिछाने र अध्यक्ष भवन भट्टले संयुक्त रूपमा सो अवार्डबाट सम्मान गरियो । नेपाल ब्रिटेन डट कमले वेलायतस्थित नेपाली समुदायका १० जना समाजसेवीका अतिरिक्त विश्वभर छरिएका सफल नेपाली मध्यबाट जोशीलाई चयन गरेको थियो ।

जोशीलाई सम्मान गर्दै संरक्षक जीवा लामिछानेले जोशीलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनले भने ‘गौरीजीको पौरख मेरो आँखाले देखेको छु नेपाल ब्रिटेन डट कमले जोशीलाई सो अवार्डबाट सम्मान गर्ने गरेको निर्णय साच्चिकै राम्रो हो’ । जोशी चितवनमा रहेको पुख्र्यौली जग्गा बेचेर उनी २१ वर्ष अघि पढाइको लागि अमेरिका पुगेका थिए ।

उनले सन् २००० मा टेक्ससको डालास युनिभरसीटीबाट इन्फरमेसन टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् ।

आइटी क्षेत्रमा लोकप्रिय कम्पनी ए टी एन्ड टीमा जागिर सुरु गरेका जोशीले सनु २००७ मा व्यावसायिक गोरेटो तय गर्न सफल भएर भास्टिका नाम आइटी कम्पनी खोलेर विश्व आइटी बजारमा व्यवसाय सुरु गरेका थिए, अहिले भास्टिकाका करिब ५ हजार उत्पादनहरू बजारमा स्थापित छन् ।

अमेरिकन, युरोपियन, बङ्गलादेश, अफ्रिकन, बङ्गलादेशि, श्रीलंकाली मात्र होइन अष्टेलियाका नागरिकहरूलाई उनले काम दिएका छन् । उनका उत्पादनहरू अहिले एटी एन्ड टी, सिटी बैङ्क , अमेरिकन एयर लाइन देखी वल्र्ड वैक सम्म पुगेका छन्। 

प्रतिक्रिया