अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

गायक राजेश पायल राईको स्वरमा बैगुनी रैछौ मायालु गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ साउन १२ गते २१:१६ मा प्रकाशित

सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सञ्चारकर्मी दीपक समीरको निर्देशनमा पहिलो पटक” बैगुनी रै’छ्यौ मायालु” बोलको गीत हालै सार्वजनिक भएको छ । गायक राजेश पायल राईको बहुचर्तित गीत “वैगुनी रैछ्यौ मायालु” बोलको गीतको निर्देशन गरेका समीरले उक्त गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक गरेका हुन् ।

भरत बम्जनको शब्द, वसन्त मुकारुङको सङ्गीत रहेको गीतमा श्रीदेव भट्टराई, पुरुषोत्तम सानु र वर्षा चौलागाईंले अभिनय गरेका छन् । कुनै समय अत्यधिक चर्चामा रहेको उक्त गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

नेपाल टेलिभिजनमा कार्यरत समीर सञ्चार क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक अब्बल व्यक्ति हुन् । टेलिभिजनमा प्रसारण हुने उनका सबै कार्यक्रमहरू दर्शकको रोजाइमा पर्ने गरेका छन् ।

प्रतिक्रिया