अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण लाग्दै

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:२१ मा प्रकाशित

शुक्रबार मध्यरातमा खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । रातको १२ बजेर ९ मिनेटबाट सुरु हुने चन्द्रग्रहण ४ बजेर ४ मिनेटसम्म देख्न सकिनेछ । शुक्रबार मध्यरातमा लाग्ने चार घण्टाको खग्रास चन्द्रग्रहण यो शताब्दीकै लामो भएको खगोलविद्हरुले जनाएका छन । ग्रहण १२ बजेदेखि देखिए पनि यसको प्रक्रिया भने ९ बजेदेखि नै हुने जनाईएको छ । यो ग्रहणमा चन्द्रमाको पूरै भाग छेकिएको देखिनेछ भने पूरै चन्द्रविम्ब छेकिएर हुने (पृथ्वीको छायाले पूरै छेकिदिँदा हुने ग्रहण) ग्रहण खग्रास चन्द्रग्रहण हो ।
संसारका विभिन्न देश र नेपालबाट पनि ग्रहण देख्न सकिनेछ । अन्य देशमा भारत, चीन, मंगोलिया, अफ्रिकाका केही पूर्वी देश, यूरोप, रसिया लगायतबाट पनि देख्न सकिन्छ । क्यानडा तथा अलास्कामा बसोबास गर्ने मानिसले भने यो ग्रहणको अनुभव लिन पाउने छैनन् ।

ग्रहण लाग्दाको अवस्थामा तान्त्रिकले तन्त्रको साधना तथा अघोरी मन्त्रको साधना गर्दा सिद्घि प्राप्त गर्न सक्नेछन । यसैगरी, धार्मिकजनले ग्रहणको स्पर्शकाल तथा मोक्षकालमा विभिन्न नदीतट, कुण्ड आदिमा गई ग्रहण नुहाई शुद्घ हुने गर्दछन ।
खग्रास चन्द्रग्रहण मेष, सिंह, वृश्चिक तथा मीन राशी भएका मानिसले हेर्न मिल्ने विज्ञको भनाइ छ । तर वृष, मिथुन, कर्कट, कन्या, तुला, धनु, मकर र कुम्भ राशी भएका मानिसले हेर्न मिल्दैन । चन्द्रग्रहण हेर्दा चन्द्रबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन सावधानी अपनाउन पनि खगोलशास्त्रीले सुझाव दिएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू