अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

अमेरिकामा प्यारेन्टस डे २०१८ कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ साउन १ गते ८:५४ मा प्रकाशित

शान्तिका लागि राजदूत खनाल दम्पती प्यारेन्टस अफ द यियर २०१८ घोषित र सम्मानित

शान्तिका लागि संयुक्त राष्ट्रसंघ सँग मिलेर संसार भर काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडेरेसन (Universal Peace Federation) को आयोजनामा भर्जिनिया अमेरिकामा प्यारेन्टस डे २०१८ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । 

अमेरिकाको प्रसिद्ध मिडिया The Washington Times का अध्यक्ष एवम् युनिभर्सल पिस फेडेरेसनका अध्यक्ष थोमस म्याक्डेभिटले अमेरिकामा रहेर प्यारेन्टसको भूमिकामा उल्लेखनीय योगदान दिएर समाजलाई उदाहरण प्रस्तुत गरेकोमा युनिभर्सल पिस फेडेरेसनका शान्तिका लागि राजदूत (Ambassador for Peace) रामप्रसाद खनाल र श्रीमती तीर्था पौडेललाई प्यारेन्टस अफ द यियर २०१८, अमेरिका उपाधि सहित सम्मान गर्नुभयो । 

सो अवसरमा हिन्दु धर्मका विद्वान गुरु एवम् राजधानी मन्दिर भर्जिनियाका संस्थापक एवम् संस्थापक पुजारी गुरु अमरनाथले शख ध्वनि सहित मन्त्रोच्चारण गर्नुभएको थियो । अमेरिकी समाजका विभिन्न प्रबुद्ध ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा म्याक्डेभिटले खनाल दम्पतीलाई समाजका उदाहरण भन्दै धेरै भन्दा धेरै जोडीहरूको नोमिनेशन मध्येबाट वहाँहरूलाई छानिएको बताउँदै दाम्पत्य जीवन, परिवार र समाजमा असल पात्र बनेर देखाइने व्यवहारको ठुलो महत्त्व हुने बताउनुभयो । ती सबै कुराका लागि परिवार भित्रै आमा बाबु बनेर निर्वाह गर्नुपर्ने भूमिका अझ महत्त्वपूर्ण हुने बताउनुभयो । 

प्यारेन्टस अफ द यियर २०१८ को उपाधि र सम्मान पछि बोल्दै Universal Peace Federation का शान्तिका लागि राजदूत रामप्रसाद खनालले आफूहरूले पाएको यो सम्मानका लागि संस्था प्रति आभार व्यक्त गर्नुभयो । सोही अवसरमा अमेरिकाका लागि विभिन्न देशमा गै युद्ध लडेका तिन जना नायकहरूलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा म्याक्डेभिटले दाम्पत्य जीवन, आमा बाबु, परिवार र शान्तिका विषयमा कार्यपत्र पेस गर्नुभएको थियो । विलियम सेलिगले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक बार्बरा मोस्ली मार्क्सले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको अन्त्यमा Parents Day केक काटिएको थियो भने दिवा भोजको पनि आयोजना गरिएको थियो । 

प्रतिक्रिया