अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३० | Colorodo: 12:45

नेजा अधिवेशनको सम्पूर्ण तयारी पुरा

बिआरटीनेपाल २०७५ असार ३१ गते १४:३० मा प्रकाशित

सियाटल, अमेरिका, नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाको छैटौँ अधिवेशन तथा बाह्रौं वार्षिक साधारण सभाको तयारी पूरा भएको छ । यही शनिवार र आइतबार अर्थात् जुलाईको २१ र २२ तारिखमा वाशिंगटनको सियाटलमा हुन लागेको अधिवेशनमा भाग लिन नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्य बिहीबार कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको छ । त्यसै गरी विभिन्न राज्यबाट नेजाका सदस्यहरू, प्रतिनिधि तथा शुभेच्छुकहरू बुधवार देखिनै सियाटल आउने भएका छन् ।

‘नेजाको अधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी हामीले पूरा गरेका छौँ’, छैटौँ अधिवेशन तयारी समितिका संयोजक तथा कार्यसमितिका क्षेत्रीय संयोजक ध्रुव कुँवरले जानकारी दिनु भएको छ ।

कूल १ सय ३६ सदस्य मध्ये २१ जना आजीवन सदस्य र १ सय १५ जना साधारण सदस्यहरूले यस अधिवेशनमा भाग लिनेछन् । कार्यक्रममा सहभागी सदस्यले रजिस्ट्रेसन बापत ५० डलर तिर्नु पर्नेछ । रजिष्ट्रेशनको लागि नगद वा चेकबाट भुक्तानी लिन सकिने भएकाले सहभागीहरूलाई सोही अनुसार व्यवस्था गर्न कुँवरले आग्रह गर्नु भएको छ । उद्घाटन कार्यक्रम तपसिलमा उल्लेख भए अनुसार रहेको छ ।

मिति: जुलाई २१, २०१८ शनिवार
समय: साँझ ५:०० बजे
स्थान: Clarion Hotel Seattle Airport
3000 S. 176th St,Seattle, WA 98188

प्रतिक्रिया