अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४५ | Colorodo: 23:00

उद्यमी व्यवसायी र भारतीय राजदूत बिच नेपालगन्जमा भेटवार्ता

नेपालगन्ज–दिल्ली उडानपछि प्रदेश ५ को विकासले फड्को मार्ने–अध्यक्ष राणा

बिआरटीनेपाल २०७५ असार ३० गते ६:४६ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घको सदस्य नेपालगन्ज उद्योग वाणिज्य सङ्घद्वारा महासङ्घका अध्यक्ष भवानी राणा, नेपालका लागि महामहिम भारतीय राजदूत मन्जिभ सिंह पुरी र स्थानीय अगुवा उद्यमी व्यवसायीहरू, सङ्घका वर्तमान तथा पूर्व पदाधिकारीहरूको उपस्थितिमा नेपालगन्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा नेपालगन्ज दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगन्जको विकास निर्माण एवं नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग लगायतका विषयमा छलफल भयो ।

बाके र बर्दियाका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूले नेपालगन्ज दिल्ली हवाई उडान छिटो सञ्चालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीबुटीको सहज निकास, सिटी हल एवं सुख्खा बन्दरगाह निर्माण जस्ता महत्त्वपूर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष राणाले महामहिम भारतीय राजदूतलाई नेपालगन्जमा स्वागत गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । अध्यक्ष राणाले नेपालगन्ज–दिल्ली उडानसङ“गै मानसरोवरको प्रवेशद्वार नेपालगन्ज हुने भएकाले नेपालगन्ज सहित सिङ्गो प्रदेश नम्बर ५ को विकासले फड्को मार्ने विश्वास प्रकट गर्नु भयो ।

अध्यक्ष राणाले दुई देश बिचको आर्थिक व्यावसायिक सम्बन्धलाई थप उचाइमा पु¥याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन “कनेक्टीभीटी” महत्त्वपूर्ण हुने धारणा राख्दै नेपालगन्ज लगायत नेपाल र भारतका मुख्य सहरहरू बिच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनु भयो । आयुर्वेद, कृषि, मत्स्यपालन, पर्यटन लगायतका क्षेत्रको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण हुने धारणा राख्नु भयो । अध्यक्ष राणाले महासङ्घले निकट भविष्यमा काठमाडौँमा आयोजना गर्न लागेको नेपाल–भारत लगानी सम्मेलनमा सम्भावित संयुक्त लगानी, विकास निर्माणमा सहकार्य आदि विषयमा भारतीय अधिकारीहरुस“ग ठोस छलफल हुने समेत विश्वास दिलाउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी समितिका सदस्य एवं सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रदेश सांसद मो. याकुव अन्सारी, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, कोहलपुर उवासंघका अध्यक्ष चक्र अधिकारी, बर्दिया राजापुर उवासंघका अध्यक्ष कृष्णकुमार रेग्मी, नेपालगन्जका पूर्व मेयर विजय गुप्ता लगायत व्यवसायीहरूले “ह्यापी बोर्डर”का लागि कस्टम लगायत सीमा सुरक्षामा रहनेहरूको व्यवहारमा परिवर्तन गरिनुपर्ने, प्रत्येक भारतीयलाई एक पटक नेपाल घुम्न जाने प्रेरणात्मक कार्यक्रम चलाउनु पर्ने लगायतका सुझाव समेत राख्नु भएको थियो ।

सो अवसरमा महामहिम राजदूत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगन्जलाई मुख्य बाटो बनाउन सकिएमा यहाँ“को विकासमा ठुलो सहयोग पुग्ने बताउनु भयो । उहाँ“ले दिल्ली नेपालगन्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगन्ज मुख्य नाका हुने र त्यसबाट यहाँ“को विकासमा ढोका खुल्ने दाबी गर्नुभयो । नेपालगन्जको पूर्वाधार विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।

कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्नुहुँदै नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको विकासमा सिटी हल लगायत अन्य पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । महामहिम राजदूत समक्ष प्रत्यक्ष रूपमा नेपालगन्जको विकास निर्माण र नेपाल भारत सम्बन्ध विस्तारमा साक्षात्कार गर्न पाएकोमा अध्यक्ष वैश्यले खुसी समेत प्रकट गर्नुभयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू