अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक : मेडिकल कलेजलाई सहजै सम्बन्धन

बिआरटीनेपाल २०७५ असार १६ गते १९:५६ मा प्रकाशित

काठमाडौँ उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाइने
आफ्नै अस्पताल नभए पनि कलेज खोल्न आशयपत्र दिन सकिने
सीटीईभीटीको सम्बन्धनमा चलखेल गर्न चिकित्सा शिक्षाको परिभाषा नै परिवर्तन
सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाइयो

सरकारले सत्तारुढ दलका नेता तथा कार्यकर्ताको स्वार्थ पूरा हुने गरी मेडिकल कलेजलाई सहजै सम्बोधन दिन सकिने व्यवस्था राखिएको विधेयक शुक्रवार संसद्मा दर्ता गरेको छ । विधेयक सर्वसाधारणलाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सहज र सर्वसुलभ बनाउनेभन्दा पनि कलेज सञ्चालकलाई फाइदा पुग्ने गरी ल्याइएको छ । आफ्नै अस्पताल नभए पनि मेडिकल कलेज खोल्न आशयपत्र दिन पाउने व्यवस्थाविधेयकमा गरिएको छ ।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बोधन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौँ उपत्यकामा १० वर्षसम्म सम्बोधन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेको हो । काठमाडौँ उपत्यकामा पनि मेडिकल कलेज खोल्न आशयपत्र दिन सक्ने व्यवस्था गरिएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू