अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बाँडे मनपरी पैसा

बिआरटीनेपाल २०७५ असार १६ गते ६:१५ मा प्रकाशित

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।

आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानका नाममा अन्धाधुन्ध रकम वितरण गरेको खबर आजको कान्तिपुरमा छ ।

विभिन्न दलका नेता, साहित्यका र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम बाँडिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् । त्यसमा पनि मन्त्रीको गृहजिल्ला कास्कीका बढी छन् ।

केही अपवादबाहेक रकम पाउने अधिकांश संस्था र प्रतिष्ठान निष्क्रिय र झोले प्रकृतिका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू