अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

गाडीका नाममा सरकारको खर्चै खर्चः १४ वर्षमा सकियो ५४ अर्ब

बिआरटीनेपाल २०७५ असार १२ गते २०:१९ मा प्रकाशित

काठमाडौं – आजको नयाँ पत्रिकाले प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मको गाडी मोहबारेको एक तथ्यांकीय सामग्री प्रकाशित गरेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचार अनुसार गाडी खरिद, इन्धन र मर्मतका नाममा १४ वर्षमा ५४ अर्ब रुपैयाँ खर्च भएको छ ।

२३ अर्ब १४ करोड खरिदमा खर्च भएको छ भने इन्धन खर्च १७ अर्ब ६६ करोड भएको छ । मर्मतमा पनि उत्तिकै खर्च छ । १४ वर्षको हिसाब हेर्ने हो भने मर्मत शीर्षकमा मात्रै १२ अर्ब ९१ करोड रुपैयाँ सकिएको छ ।

मनपरी गाडी खरिद गर्ने सरकारले अहिलेसम्म कतिवटा गाडी किन्यो, ती कहाँ कहाँ प्रयोग भइरहेका छन् भन्ने यकिन तथ्यांक छैन ।

भएकामध्ये कति चालू अवस्थामा छन् र कति नचल्ने अवस्थामा पुगे भन्नेबारे पनि सरकार बेखबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू