अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

सरकार सफल पार्न ९ सचिवको ९ कार्यदल

बिआरटीनेपाल २०७५ असार १२ गते २०:१७ मा प्रकाशित

काठमाडौं – प्रधाधनमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकार सफल बनाउन ९ जना सचिवको नेतृत्वमा ९ वटा कार्यदल गठन गरिएको छ । आजको कारोबारमा समाचार छापिएको छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गठित सचिव बैठकले प्रधानमन्त्री कार्यालय, गृह, अर्थ, सामान्य प्रशासन, संघीय मामिलालगायत ९ वटा मन्त्रालयका सचिवको नेतृत्वमा छुट्टा छुट्टै ९ कार्यदल गठन गरेको हो ।

कारोबार लेख्छ– कार्यदललाई सरकारको वार्षिक नीति तथा कार्यक्रम अनुसार चुसत प्रशासन सुशासन , शान्ति सुरक्षा, बजेटले तर्जुमा गरेका एजेन्डा कार्यान्वयनलगायत विषय प्रभावकारी कार्यान्वयनका लागि असार १५ भित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू