अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

९८ बिचौलियाको छानबिन आज

बिआरटीनेपाल २०७५ असार ११ गते २१:१७ मा प्रकाशित

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ । बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिचौलियाको सूचीमा परेका ९८ जना व्यापारीलाई यसअघि ९ गतेसम्म लिखित स्पष्टीकरण दिने समय तोकेको भए पनि ९ गते शनिबार परेकाले १० गतेसम्म लिखित जवाफ दिनसक्ने व्यवस्था गरिएको छ ।
समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले आइतबारसम्म ९४ जना बिचौलियाको सूचीमा परेका व्यापारीले लिखित स्पष्टीकरण पेस गरिसकेका र चार जना व्यापारीको बाँकी रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, स्पष्टीकरण पेस गरेका व्यापारीको छानबिन भोलिबाटै सुरु गर्छौँ, लिखित स्पष्टीकरण पेस नगरेका व्यापारीको इजाजत खारेज गरी सम्झौता रद्द गर्ने प्रक्रिया सुरु हुन्छ ।

बोर्डका सदस्यसचिवसमेत रहनुभका पौडेलले बजारमा नियमविपरीत व्यापार गर्ने व्यापारीलाई लिखित स्पष्टीकरण पेस गर्न दिएको समय अघिल्लो आइतबार नै सकिए पनि व्यापारीले समयमै पत्र बुभ्mन नआएकाले एक साता समय थप गरिएको जानकारी दिनुभयो । बोर्डका अनुसार गएको जेठ २५ गते बिचौलिया व्यापारीको सूची सार्वजानिक गरी तुरुन्त पत्र बुझेर एक साताभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको थियो तर व्यापारीहरू तोकेको समयमा पत्र बुझन आएनन् ।

कालीमाटी बजार विकास तथा सञ्चालन नियमावली–२०६० अनुसार बजार नियमविपरीत व्यापार गर्ने व्यापारीको इजाजत खारेजीदेखि सम्झौता रद्द गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू