अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

बिश्वकप फुटबलका पछिल्ला खेलमा कोलम्बिया र ईङल्याण्ड विजयी , जापान र सेनेगल वीच बराबरी

बिआरटीनेपाल २०७५ असार १० गते १९:५८ मा प्रकाशित

बिश्वकप फुटबलका पछिल्ला खेलमा कोलम्बिया र ईङल्याण्ड विजयी भएका छन् । जापान र सेनेगलले भने बराबरी खेल्दै अंक बाँडेका छन् ।पोल्याण्डलाई ३-० ले हराउदै कोलम्बियाले अघिल्लो चरण प्रवेशको संभावना कायमै राखेको छ । 

लगातार दोस्रो हार ब्योहोरेको पोल्याण्ड भने समुह चरणबाटै बाहिरिएको छ । ४० औं मिनेटमा येरी मिनाको गोल मार्फत कोलम्बियाले अग्रता बनाएको थियो । ७० औं मिनेटमा रादामेल फाल्काओले अग्रता दोब्बर पारे ।

७५ औं मिनेटमा जु काउराडोले गोल गरेपछि कोलम्बियाले सहज जित हात पारेको हो । २ खेलको समाप्तीमा कोलम्बिया ३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट जापान र सेनेगलको ४/४ अंक छ ।

सोही समुह अन्र्तगतको खेलमा जापान र सेनेगलले २/२ को बराबरी खेल्दै अंक बाँडे । खेलमा सेनेगलले २ पटक अग्रता बनाएपनि जापान अंक खोस्न सफल भएको हो । ११ औं मिनेटमा सादियो मानेको गोलबाट सेनेगलले अग्रता बनाएपनि ३४ औं मिनेटमा जापानले बराबरी गोल फर्काएको थियो । ताकासी ईनुईले बराबरी गोल गरे ।

बलमाथी ५७ प्रतिशत नियन्त्रण जमाएपनि जापानले ७१ औं मिनेटमा गोल खाएको थियो । माउसा वागुईले सेनेगललाई २–१ को अबस्थामा पुर्‍याए । ७८ औं मिनेटमा केईसुके होण्डाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

यो बराबरीले दुबै टोलीलाई अघिल्लो चरण प्रबेशको बाटो सहज भएको छ ।  समुह जी अन्र्तगतको खेलमा पानामालाई ६–१ को फराकिलो अन्तरले हराउँदै ईङल्याण्डले अन्तिम १६ मा स्थान बनायो । हेरी केनको ह्याट्रिक मद्दतमा उसले प्रभाबशाली जित हात पारेको हो । २२ औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको अन्तिम मिनेट र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

जोन स्टोनिसले २ तथा जेसे लिङगार्डले १ गोल गरे । ईङल्याण्डको जितसंगै समुह जीबाट ईङल्याण्ड र बेल्जियमले प्रिक्वाटरफाईनलमा स्थान बनाएका छन् । ट्युनिसिया र पानामा भने समुह चरणमै रोकिएका छन् । पानामाबिरुद्धको ह्याट्रिकले ईङलिस कप्तान हेरी केनलाई सर्बाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा पुर्‍याएका छन् । २ खेलमा ५ गोल गरेका उनले पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुलाई पछि पारेका हुन् । दुबैले ४/४ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू