अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५७ | Colorodo: 08:12

लोकप्रिय बन्दै ढाका पहिरन

बिआरटीनेपाल २०७५ असार ९ गते ०:५० मा प्रकाशित

यतिखेर बजारमा ढाका फेसनले बजार लिएको छ । पाटीदेखि हरेक सार्वजनिक कार्यक्रममा सेलिब्रेटी ढाका पहिरनमा देखिन थालेका छन् । यसरी ढाका पहिरन बजारमा चर्चामा आउनमा तेह्रथुमे ढाका बुटिक मिलन चोक ललितपुरको पनि ठूलो श्रेय छ ।

तेह्रथुमे ढाका बुटिकले ढाका  पहिरनमा केहि फोटोशुट गरेको छ । ‘यो फोटोसुट यस वर्षका लागि हो’ फोटोशुटपछि तेह्रथुमे ढाका बुटिककी सञ्चालन तथा डिजाइनर निरु आङबुङले भनिन् ।

निरु र तेह्रथुमे ढाका बुटिकै अर्की डिजाइनर संगीता लिंखा लिम्बूले तयार गरेको पहिरनमा मोडल विपना थापा, सिर्जना राई, गायक रुकमान लिम्बू, गौरा राई लगायतको फोटोशुट गरिएको हो ।

तेह्रथुमे ढाका बुटिक ढाकाबाट बनेका हरेक किसिमका पहिरन पाइने निरुले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू