अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२५ | Colorodo: 02:40

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

बिआरटीनेपाल २०७५ असार ६ गते २०:५० मा प्रकाशित

काठमाडाैं- संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत रहेको पाकिस्तानमा चिनियाँ सहयोगमा रेलमार्ग तथा भौतिक पूर्वाधार विकासको काम तीव्र रुपमा अगाडि बढीरहेको छ। नागरिक दैनिकबाट

चाइना पाकिस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत रेलमार्ग निर्माणले तिव्रता पाएको छ। जुन पाकिस्तानको आर्थिक विकासको वृहत राजमार्गको रुपमा विकास हुने सङ्केतहरु देखा परेका छन्। नेपालमा समेत रेलमार्ग निर्माणको चर्चा सुरु भइरहेको बेला पाकिस्तानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र महत्वपूर्ण रेलमार्ग निर्माण सम्पन्न हुने देखिएको छ।

चीनले पाकिस्तानमा सन् २०२० सम्म पेशावरदेखि कराचीसम्मको रेलमार्ग निर्माण सम्पन्न गर्न लागेको छ। चिनियाँ सहयोगमा निर्माण भइरहेको पहिलो चरणको उक्त परियोजनामा प्रतिघण्टा १६० किलोमिटरको गतिमा रेल गुड्नेछ।

रेलमार्ग अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। यस्तै दोस्रो चरणमा चिनियाँ सहयोगमा नै मुल्तन हैदरवाद रेलमार्ग निर्माण हुनेछ । यस्तै तेस्रो चरणमा हैदरवाद र कराची खण्डको रेलमार्ग समेत निर्माण हुने छ।

त्यसमा हाल सञ्चालनमा नै रहेको कराची पेशावर रेललाइनको मुख्य खण्डको स्तारोन्नति गरिनेछ। एक लाइन मात्रै रहेको रेलमार्गलाई दोहोरो लाइन बनाउने कार्य जारी रहेको हो।

पाकिस्तानी सञ्चार माध्यमहरुकाअनुसार हाल रेलमार्गको काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। सो रेलमार्गको विस्तार पछि पाकिस्तानको सार्वजनिक यातायाताको करिब ७० प्रतिशत आवागमनलाई सहज रुपमा सम्बोधन गर्न सकिने दावी गरिएको छ
सो रेलमार्ग ४ हजार ६९३ मिटर उचाइमा रहेको कुन्जेरव पास भएर जाने छ। पाकिस्तानको हिमाली क्षेत्रमा समेत रेल कुदाउने सपना चिनियाँ सहयोगमा पूरा हुन लागेको छ।

चीन पाकिस्तान इकोनोमिक करिडोरको यो नै महत्वपूर्ण सफलताका रुपमा हेरिएको छ। यो रेलमार्ग चीनले नै निर्माण गरिरहेको कराची र गुदर बन्दरगाहलाई समेत जोड्नेछ। पाकिस्तानको अर्थतन्त्र माथि उकास्ने भन्दै चीनले दुई विशाल बन्दरगाह समेत बनाइरहेको छ।

ती बन्दरगाह सन् २०३० सम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने चीन र पाकिस्तानको संयुक्त योजना रहेको छ। रेलमार्ग विस्तारका लागि ५ अर्ब अमेरिकी डलर खर्च गर्ने चीनको योजना रहेको छ।

चाइना पािकस्तान इकोनोमिक करिडोर परियोजना अन्तर्गत सो रेलमार्गको काम भइरहेको र त्यसले पाकिस्तानको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको पाकिस्तानी सञ्चार माध्यमहरुको दावी छ। पाकिस्तानमा यसअघि सञ्चालनमा रहेको रेलमार्गको स्तरोन्नति गर्ने र नयाँ लाइन निर्माण गर्ने योजना पनि सँगै अगाडि बढीरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू