अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

सरुक र अश्लेषा बन्ने भए मेरी मामुको नायक/नायिका

बिआरटीनेपाल २०७५ असार २ गते ९:५८ मा प्रकाशित

चलचित्र प्रेमगीत-२ को सफलता पश्चात आसुसेन फिल्मसको लागी निर्माता सन्तोष सेनले चौथो कोशेलीको रुपमा चलचित्र मेरी मामु निर्माण गर्दैछन । बालमनोविज्ञान र आमा-छोरा विचको सम्बन्धको बारेमा मेरी मामु निर्माण हुदैछ । चलचित्रको मुख्य पात्रको रुपमा ६ बर्षिय बालकलाकार/नायक आयुब सेनलाई शुरुमै चयन गरिएको यस चलचित्रमा आमाको भुमिकामा नव नायिका कुशुम गुरुङको नाम घोषणा गरिसकिएको छ ।

अवको केहि दिन भित्रमै छांयाङ्कनमा जाने यस चलचित्रको नायकमा सरुक ताम्राकार र नायिकामा प्रमगीत-२ डेब्यु नायिका अश्लेषा ठकुरीलाई चयन गरिएको जानकारी निर्माता सेनले दिएका छन ।नायिका अश्लेषाको भुमिका के कस्तो हुनेछ भन्ने बारेमा अहिले केहि नखुलाईएपनि उनको भुमिका यस चलचित्रमा विशेष र यादगार रहने कुरा बताईएको छ यस्तै यो फिल्ममा नेपालकी पहिलो हिरोइन भुवन चन्द सहित सारुकका पिता तथा पूराना कलाकार सानु ताम्राकार पनि खेल्दैछन् ।

टिमले दिएको जानकारी अनुसार फिल्ममा अर्की नयाँ अनुहार दुर्गा मल्ल ठकुरी तथा अन्य बाल कलाकारहरु कृजन गौतम र शुभम बिष्ट पनि मुख्य भूमिकामा देखिनेछन् । याम थापाले लेखेको यस चलचित्रलाई थापाले नै निर्देशन गर्ने जानकारी पनि निर्माण पक्षले जनाएको छ । दर्शकको रुचि अनुसारको चलचित्र निर्माण गर्न माहिर निर्माता सेनले “मेरी मामु”चलचित्रलाई उत्कृष्ट बनाउनका लागी कुनै कन्जुस्याई नगरिने बताएका छन ।

अघिल्ला चलचित्रमा भएका केहि कमजोरीलाई अझ सुधार्दै आमा शब्दको अर्थलाई परिभाषित गर्न निकै गहिराईमा पुगेर तयार पारिएको स्क्रिप्टमा चलचित्र निर्माण गर्दैछौ¸ त्यसैले यो चलचित्र हरेक दर्शकको मनमा बस्ने छ¸ निर्माता सन्तोष सेनले बताए । आउदो भदौ १५ गते शुक्रबार ( अगष्ट ३१) विश्वब्यापि प्रदर्शनिको डेट तोकिएको यस चलचित्रको अन्य कलाकार तथा प्राविधिकहरुको बारेमा चाडै नै जानकारी गराउने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया