अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

महिनामा अर्बको बिजुली चोरी, कसले गर्ने नियन्त्रण ?

बिआरटीनेपाल २०७५ जेठ ३० गते १८:४८ मा प्रकाशित

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए।

प्रतियुनिट १० रुपैयाँ दुई पैसा प्राधिकरणलाई घाटा हुँदै आएको जानकारी पनि उनले दिए । ‘बिजुली चुहावटले राजस्वमा नोक्सानी पुग्दै आएको छ,’ उनले भने, ‘हामी प्राधिकरणको उत्पादन, प्रसारण र वितरण प्रणालीमा भइरहेको यस्तो चुहावट नियन्त्रण गर्ने अभियानमा छौं ।’

गत असारसम्ममा प्राधिकरणको प्रणालीमा २२.९ प्रतिशत विद्युत् चुहावट हुने गरेको थियो । तर, चालू आर्थिक वर्षको वैशाखसम्म त्यसलाई प्राधिकरणले घटाएर २० प्रतिशतमा झारेको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावट १५ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।यसैबीच, बिजुली चोरी नियन्त्रण गर्न गृह मन्त्रालयले सघाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा गर्न चालेको अभियानलाई मन्त्रालयले सघाउन लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू