अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

विश्वकप फुटबलको तयारी : पोर्चुगल विजयी

बिआरटीनेपाल २०७५ जेठ २५ गते ११:०७ मा प्रकाशित

विश्वकप फुटबलको तयारीस्वरुप खेलिएका मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड र पोर्चुगल विजयी भएका छन् ।

युरोपियन च्याम्पियन पोर्चुगलले अल्जेरियालाई ३–० ले हराएको छ । क्रिश्चियानो रोनाल्डो अनुपस्थित हुँदा यसअघिका दुई खेलमा बराबरी गरेको पोर्चुगलले गएराति भने रोनाल्डोको प्रेरणामा खेल जित्दै विश्वकपमा आफ्नो दावेदारी पस्कियो ।

खेलमा पोर्चुगललाई विजयी गराउन गोन्सालो गुएडेजले दुई तथा ब्रुनो फर्नान्डेजले एक गोल गरे ।

गएराति नै भएको अर्को अभ्यास खेलमा आफ्नै मैदानमा भएको खेलमा इंग्ल्याण्डले कोष्टा रिकालाई २–० ले हरायो । इंग्ल्याण्डका लागि मार्कस रास्फोर्ड र ड्यानी वेल्बेकले १–१ गोल गरे ।

विश्वकपको तयारीमा रहेको इंग्ल्याण्डको यो अन्तिम अभ्यास खेल थियो । विश्वकपका लागि मंगलबार रुस जाने इंग्ल्याण्डले समूह चरणमा ट्युनिसिया, पानामा र बेल्जियमसँग खेल्नेछ ।

गएराति भएका अरु मैत्रीपूर्ण खेलमा आईसल्याण्ड र घानाले २–२ गोल तथा दक्षिण कोरिया र बोलिभियाले गोलरहित बराबरी खेलेका छन् ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू