अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

फिल्म ‘वीराङ्गना’ मा शिल्पाको यस्ताे एक्सन

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:१४ मा प्रकाशित

काठमाडौँ । फिल्म ‘वीराङ्गना’ को पोस्टहरु सार्वजनिक गरिएका छन् । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ ।

पोष्टरमा अनुप र शिल्पासंगै नायक पृथ्वी राज प्रसार्इँ फिचरमा छन् । राज बहादुर सानेको निर्देशन गरेको फिल्ममा हरिबोल लामाको छायांकन  छ भने  तारा थापाको सम्पादन छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह(निर्मातामा सुमि चाम्लिङ​ राई छ​न् ।

शिल्पा, अनुप र पृथ्वीराज को अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मलाई असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको छ ।

प्रतिक्रिया