अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

प्रधानसेनापति क्षेत्री आज भारत जाँदै

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:०८ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री (आज) भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतीय सेनाका सेनाध्यक्ष बिपिन रावतको औपचारिक निमन्त्रणामा प्रधानसेनापति क्षत्री ६ दिनका लागि जान लागेका हुन् ।

यसअघि २०७२ साल माघ १८ मा क्षेत्री भारत भ्रमणका थिए । उनी त्यहीँ रहँदा भारतले २१ माघमा नाकाबन्दी हटाएको थियो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार क्षत्रीले २६ जेठमा देहरादुनस्थित भारतीय सेनाको इन्डियन मिलिट्री एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिम समापनमा सहभागी हुने भएको नयाँपत्रिका दैनिक लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू