अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

लाभकर विवादले सेयर बजार ठप्प

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:०४ मा प्रकाशित

हकप्रद र बोनस सेयरमा अंकित मुल्यलाई आधार मुल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए ।

तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोवार नै ठप्प भएको हो । सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो ।, आजकोकारोवार दैनिकमा यो खबर । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू