अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१६ | Colorodo: 11:31

विज्ञ सम्मेलनमा सहभागिताका लागि एनआरएनको अनुरोध

बिआरटीनेपाल २०७५ जेठ २१ गते २२:०८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ र एनआरएन राष्ट्रिय समन्वय परिषद् अमेरिकाको संयुक्त पहलमा जुन १६ र १७ मा विदेशमा बसेर आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका बौद्धिक व्यक्तित्वको सहभागितामा विज्ञ सम्मेलन र त्यस लगत्तै एनआरएन अमेरिकाको साधारण सभा हुदैंछ । यी दुवै कार्यक्रममा सक्रिय सहभागिताका लागि हामी सबै गैर आवासीय नेपाली समुदायलाई आग्रह गर्छौ ।

यस कार्यक्रममा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि हुनु हुने छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरू लगायत विभिन्न देशबाट एनआरएनएका पदाधिकारीहरू सहभागिता जनाउनु हुने छ । विदेशमा बस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारीहरू सम्मिलित हुने यो आफैँमा महत्त्वपूर्ण अवसर हो ।

नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । कयौँ क्षेत्रका विज्ञहरूले यस सम्मेलनमा सहभागिता हुने सहमति जनाइसक्नु भएको छ । नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पूर्वाधार, विकास, जस्ता क्षेत्रका विज्ञहरूले आफ्ना धारणाहरू राख्नुहुने छ । नेपाल सङ्घीय संरचनामा प्रवेश गरिरहेको अहिलेको अवस्थामा यो सम्मेलनमा आउने विचारहरू उपयोगी हुने छन् भन्ने हाम्रो विश्वास छ ।

एनआरएन अमेरिकाको साधारण सभा नियमित प्रक्रिया लगायत भावी रणनीतिको योजना बनाउन महत्त्वपूर्ण अवसर हुने हामीले ठानेका छौँ । आईसीसी र एनसीसीको संयुक्त रूपमा हुन लागेको यो कार्यक्रम आफुंमा महत्त्वपूर्ण छ । यसैले यस भेलामा सहभागिताका लागि हामी यहाँहरू सबै नेपाली समुदायलाई आग्रह गर्छौैं ।

यस भेला एनआरएन समुदाय बिच आपसी सञ्जाल विस्तार गर्ने मौका पनि हो । यसैले पनि हामी यहाँहरू सबै एनआरएन साथीहरूलाई सम्मेलनमा सहभागिताका लागि आग्रह पनि गर्छौ । यो सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटेल डलव ट्रिमा हुने छ । सम्मेलनका बारेमा थप जानकारी चाहिए सम्पर्क गर्न सक्नुहुने छ ।

गौरी जोशी
क्षेत्रीय संयोजक
अमेरिकाज् क्षेत्र

डा. केशव पौडेल
अध्यक्ष एनआरएन अमेरिका

उमा कार्की
सम्मेलन संयोजक तथा उपाध्यक्ष एनआरएन अमेरिका

डिल्ली भट्राई
संयोजक विज्ञ भेला तथा आईसीसी सदस्य

प्रतिक्रिया