अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५८ | Colorodo: 10:13

दश वर्षीय गायकको यो मुटु दुख्छ किन सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ २१ गते ९:१० मा प्रकाशित

गीता अधिकारी, काठमाडौँ

दश वर्षीय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको हो ।

‘तिमीले बाटो फेरेऊ अरे…’, ‘तिमीलाई मन पराउनु…’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन…’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेमशर्मा पौडेलले सम्पादन गरेका हुन् ।

‘मेरा अन्य गीतलाई जस्तै यो गीतले पनि दर्शक÷स्रोताको साथ पाउनेमा आशावादी छु, प्रितमको स्वरमा गीत निक्कै राम्रो बनेको छ’, दर्पणले भने ।

 

प्रतिक्रिया