अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

निगरानीमा कामचोर ठेकेदार

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:०५ मा प्रकाशित

सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ । 

कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु  सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारवाही प्रक्रिया सुरु गरिएको क्षेत्रिय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए ।

अभिकांश जिल्लाले सम्झौताअनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीर्ला बोधार्थ दिएका छन् । कर्णाली प्रदेश सरकारका प्रमुख सचिवसमेत रहेका थपलियाले भने, केही जिल्लाको विवरण दुईतीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ ।, आजकोनागरिकदैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू