अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरी मूल्य बृघ्दि

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:४६ मा प्रकाशित

नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य आज मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन÷तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

स्वचालित  मूल्य समायोजन प्रकृयामा गएको भए पनि निगमले मूल्य बढ्दा मात्र स्वचालित मूल्यको कुरा गर्ने तर अन्तराष्ट्रिय बजारमा मूल्य घटेको बेला मूल्य समायोजनमा चासो नै नदेखाउने गरेका कारण नेपाली उपभोक्ताले स्वचालित मूल्य प्रकृयाबाट लाभ लिन सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू