अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

अमेरिकाको क्यालिफोर्नियामा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ १६ गते १७:५४ मा प्रकाशित

क्यालिफोर्निया, अमेरिकाको उत्तर क्यालिफोर्नियामा ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यो रक्तदान कार्यक्रम ब्लड डोनर्स अफ अमेरिका BDA का संस्थापक अधक्ष तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रक्तदाता, सम्मानित समाजसेवी अर्जुन प्रसाद मैनालीको सम्मानमा भएको हो। 

यही मे २६ शनिवारका दिन सम्पन्न उक्त कार्यक्रमको आयोजना लायन्स क्लब सान लियान्द्रो मनकामना, नेपाल विश्व सहयोग सङ्घ एनएजिसी तथा ब्लड डोनर्स अफ अमेरिका क्यालिफोर्निया च्याप्टरले संयुक्त रूपमा गरेको हो। सो कार्यक्रमलाई अमेरिकअन रेड क्रस नर्दत्न क्यालिफोर्निया ब्लड सर्भिस्न राजनको प्राविधिक सहयोग रहेको थियो। कार्यक्रममा अमेरिकन रेड्क्र्स उत्तर क्यालिफोर्निया संयोजक ग्रेग जेन्सन, नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका तथा बानाका अध्यक्ष उत्तम कार्की, नेपाली जन सम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य चन्द्र धिताल, सोही संस्थाका उत्तर क्यालिफोर्निया च्याप्टर सभापति पूर्ण शेर्पा, आयोजक संस्था लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना का अध्यक्ष गोपाल बस्नेत, नेपाल विश्व सहयोग सङ्घ एन ए जी सी का संस्थापक अध्यक्ष मणि नेपाली पनेरु, ब्लड डोनर्स अफ अमेरिका उत्तर क्यालिफोर्नियाका संयोजक थलविर ओली लगायत महत्त्वपूर्ण व्यक्तित्वको उपस्थिति थियो। 

त्यसै गरी बुद्ध नेपाल पिस फाउन्डेशनका अध्यक्ष चीनकाजी श्रेष्ठ, लायन्स क्लब अब बर्क्ली अन्न्पूर्णका पूर्व अध्यक्ष तथा गाइडिङ लाएन ध्रुव थापा, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका निवर्तमान अध्यक्ष मनिल बाबु श्रेष्ठ, प्रसिद्ध इमिग्रेसन अटोर्नी यज्ञ नेपाल, एन ए एन सी का उपाधक्ष हेमा पनेरु, सदस्य सागर श्रेष्ठ, समाजसेवी प्रिन्स युवराज कार्की,कमल भट्टराई, बिनी पाण्डे, माया धिताल, क्रिश्मा रन्जित, कोमल डोटेल, रोहित छेत्री लगायतको महत्त्वपूर्ण सहभागिता र सहयोग रहेको संयुक्त कार्यक्रम संयोजक चन्द्र धितालले बताउनुभयो। 

सो अवसरमा सहभागीहरूलाई फलफुलको रसहरू, फलफुल र अन्य पौश्टिक चमेनाको समेत व्यवस्था गरिएको रेडक्रसको हाता बाहिर सम्पन्न यस्तो रक्तदान कार्यक्रम नेपाली समुदायको इतिहासमा पहिलो पटक सम्पन्न भएको बताइन्छ। रक्दाताहरु तथा सहभागीहरूलाई आयोजक संस्थाका प्रमुखहरू गोपाल बस्नेत, मणि नेपाली पनेरु, थलवीर बलि तथा संयुक्त रक्तदान कार्यक्रमका संयोजक तथा समाजसेवी चन्द्र धितालले प्रमाण पत्र तथा प्रसँशापत्रहरु वितरण गर्नु भएको थियो । 

यो पवित्र कार्यको प्रचारप्रसार गरिदिनु हुने सञ्चार माध्यमहरू डिसी नेपाल, खुला मञ्च, बिआरटि नेपाल डट कम, न्युजएनआरएन, नेपाल दुबई, नेपाल स्विस, नेपाल ब्रिटेन लगायत सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ । ७५ जनाको सहभागिता रहेको सो रक्तदानमा ४५ उनिट रक्त सङ्कलन गर्न सकिएको अमेरिकन रेडक्र्सको सूत्रले बताएका थिए। समग्रमा कार्यक्रम भव्य र सभ्य भएको कुरा पर्यवेक्षकहरुले बताएका छन् । 

प्रतिक्रिया