अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

बजेटले देखेन झलनाथ खनाल

बिआरटीनेपाल २०७५ जेठ १५ गते १९:२८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठताको वरीयता विवाद चर्किएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

पार्टी एकीकरणका क्रममा माधव कुमार नेपाललाई पहिलो वरिष्ठताको वरीयतामा राखेपछि वरिष्ठ नेता झलनाथ खनाल असन्तुष्ट हुँदै आएका छन् । पूर्व एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणपछि बनेको नेकपाको पहिलो वरिष्ठ नेता पाउनुपर्ने बताउँदै आएका छन् ।

वरिष्ठताको दोस्रो वरीयतामा राखेपछि पूर्वप्रधानमन्त्रीसमेत हरेका खनालले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग असन्तुष्टि जनाउँदै आएका छन् । मंगलबार व्यवस्थापिका संसदमा पेश भएको बजेट प्रस्तुत गर्ने क्रममा पनि वरिष्ठ नेता खनाल अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू