अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

अमेरिकाबाट गीतकार भुपेन्द्र न्यौपानेको “अरूसँग हाँस्दै बोल मसँग रिसाए पनि “को अडियो सार्वजनिक

विजय थापा, टेक्सस २०७५ जेठ १३ गते १३:२३ मा प्रकाशित

नेपालमा लामो समय देखि लेखन विधामा होमिएका युवा गीतकार भुपेन्द्र न्यौपानेको “अरू सँग हाँस्दै बोल म सँग रिसाए पनि “को अडियो (श्रब्य दृश्य ) सार्वजनिक भएको छ । 

अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिँदै आएका न्यौपाने अमेरिकामा विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका छन् । उनले आफूले अमेरिकामा पनि समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् ।

साथसाथै समुदायका कार्यक्रमहरूमा विभिन्न पुरस्कार तथा सम्मान पाउने क्रम जारी छ । अडियो (श्रब्य दृश्य ) सार्वजनिक भएता पनि छायाङ्कनको सुरुवात राष्ट्रिय कलाकार तथा प्राविधिक लिएर चलचित्र शैलीमा हुने न्यौपानेले ईनेप्लिज लाई बताए ।

यसको छायाङ्कन सुरु भई सकेको र यसको भिडियो सार्वजनिक बिश्वब्यापी रूपमा अर्को हप्ता गरिने जानकारी न्यौपानेले दिएका छन् । जसका सङ्गीतकार सन्तोष श्रेष्ठ ,गायक विश्व नेपाली रहेका गीतकार भुपेन्द्र न्यौपानेले जनाए । यसको सम्पूर्ण जानकारी भिडियो सार्बजानिकसँगै गरिने छन् ।

प्रतिक्रिया