अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

अश्मित पोखरेलको ‘के हो त खास’ भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ १२ गते १०:०१ मा प्रकाशित

काठमाडौं । नेपाली गीत संगीतको बजारमा पछिल्लो समयमा फरक फरक विधामा गीतहरु आउने गरेका छन् । यही क्रममा गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीत बजारमा ल्याएका छन् ।

रोमान्टिक फेवरको यो गीत मंगलबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक प्रदीपले यस अघि दर्जन बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् ।

सार्वजनिक गीतमा गायक प्रदीपकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई अश्मितले नै निर्देशन गरेका हुन् । सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी सिर्जनामा निर्देशन गरिसकेका अश्मितको यो पछिल्लो र्सिजना हो ।

अश्मित इन्टरटेन्मेन्ट प्रस्तुत गीतको भिडियोलाई दीपक अधिकारीले छायांकन गरेका हुन् । सार्वजनिक भिडियोलाई विजय राजले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया