अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४५ | Colorodo: 07:00

नेपालको नयाँ निर्णयप्रति मलेसिया सकारात्मक

बिआरटीनेपाल २०७५ जेठ ९ गते १९:११ मा प्रकाशित

काठमाडौं – नेपाली कामदारमाथि आर्थिक भार पर्ने गरी मलेसियाले खडा गरेका संयन्त्र खारेज गर्ने नेपाल सरकारको निर्णयप्रति मलेसियाको नयाँ सरकार सकारात्मक देखिएको छ ।

नेपाल सरकारको पछिल्ले निर्णयप्रति सम्मान गर्दै त्यसलाई सम्बोधन गर्न मलेसियाको परराष्ट्र, गृह र मानव संसाधन मन्त्रालयको संयुक्त बैठक बस्न लागेको मलेसियाका लागि कार्यवाहक राजदूत कुमार खरेलले बताए ।

आजको कान्तिपुरमा समाचार छापिएको छ । खरेलले बुधबार पुत्राजयस्थित परराष्ट्र मन्त्रालयको दक्षिण मध्यएसिया विभाग प्रमुख तान याङ थाईसँग भेट गरी नेपाल सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू