अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२५ | Colorodo: 08:40

प्रथम नेपाली महिला पत्रकार सगरमाथा आरोहण टोलीव्दारा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण

बिआरटीनेपाल २०७५ जेठ ९ गते ८:०९ मा प्रकाशित

प्रथम नेपाली महिला पत्रकार सगरमाथा आरोहण टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । समानताका लागि बुलन्द आवाज भन्ने मूल नाराका साथ महिला पत्रकारहरूको टोलीले सगरमाथाको चुचुरोमा पुगेर नेपालको झन्डा फहराएको हो ।

आज बिहान ६ बजे महिला पत्रकारहरूको टोलीले सगरमाथाको चुचुरोमा पुग्न सफल भएको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सगरमाथा पुग्ने महिला पत्रकारहरूको टोलीमा नेपाल टेलिभिजनकी रोजीता बुद्धाचार्य ,राष्ट्रिय समाचार समितिका रोसा बस्नेत ,मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू