अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

संगीत क्षेत्रका रहेको सिण्डिकेट अन्त्यकालागी बौद्धिक युद्ध घोषणा : संगीतकार अधिकारी

बिआरटीनेपाल २०७५ जेठ ८ गते १८:५७ मा प्रकाशित

सङ्गीत उतपादक समाले सङ्गीतका सिण्डीकेटरहरुको दादागिरीको अन्त्यका लागि बौद्धिक युद्ध घोषणा गरेको छ । राजधानीमा कमलादीमा सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी समाजले यस्तो घोषणा गरेको हो ।

केही महिना अघि मात्रै समाजको नयाँ कार्यसमितिलाई निर्वाचनमा धादली गरेको आरोप लागेको थियो । यसै सन्दर्भमा रोयल्टी सङ्घका अध्यक्ष एवम् लोकप्रिय सङ्गीतकार सुरेश अधिकारीले सङ्गीत क्षेत्रका सिण्डिकेट धारीहरूले निर्वाचनमा हारेको झोकमा अनेकन प्रचार गरिरहेको बताएका छन् ।

उनले भने,‘हामी मैदानमा आएका छौँ, अब सङ्गीतमा लगानी गर्नेहरुले मूल्य पाउनु पर्छ, पहिलेका कार्यसमितिहरू सिण्डिकेट धारीहरू थिए, सच्चा सर्जक र सबैले आफ्नो सिर्जनाको मूल्य पाउनुपर्छ भन्ने टिमले जितेको कारण अनेकन कुराहरू सुन्नमा आएका छन् आज हामीले अन्तरक्रिया कार्यक्रम गर्दा आउनु पर्छ कि पर्दैन ?

कुनामा बसेर अरूको बारेमा नानाथरी कुरा गरिहरेका छन्, खुब चोखो बनेका छन् अर्र्काको बौद्धिक सम्पत्तिमा जुवा खेलिरहेका छन् यस क्षेत्रमा दादागिरी गरेर राज जमाएका गलत प्रवृत्तिका मानिसहरूका दिन गए, लुट्न पाईदैन, धेरै लुट्यौं, अब हामी तिमीहरूलाई ठिक पार्छौँ।’

त्यस्तै प्रतिस्पर्धीहरूले सङ्गीत उत्पादक समाजको बारेमा अनेकन कुराहरू काटिरहेको भन्दै त्यसका बारेमा स्पष्ट पार्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष निर्मल ढकालले जानकारी दिए । सङ्गीतकार महेश खड्काले कोही कलाकार भोकै मर्ने र कोही कार चढ्ने अवस्थाको अन्त्य गर्न आफ्नो जीवन बलिदान गर्न तयार रहेको बताए ।

उनले भने,‘मैले सङ्गीत निमार्ण गरेका एउटा गीतले ७० लाख कमाएको छ, तर त्यो पैसा न मैले पाएको छु, न सर्जक न कुनै गायकले पाएको छ, सङ्गीत क्षेत्रमा बिचौलियाहरुको ठुलो मनोमानी छ, एक जना भाइका १६ वटा गीत बजारमा छन् उनीसँग १६ करोड सम्पत्ति छ, त्यो कसरी आयो ?’ 

उनले अघि थपे, ‘मैले के १६ वटा जति गीतहरूको सङ्गीत गरेको छैन ? मैले नेपाल यातायात चढ्नुपर्ने अवस्था छ, कुनै कलाकार मर्दा पैसा उठाएर कात्रो किन्नु पर्ने अवस्था छ, कसैले खान नपाउने कोही मर्नेगरि, बौलाउने गरी अर्कोको बौद्धिक सम्पत्तिमा रमाउने ? यस्तो अवस्था अन्त्यको लागि कानुनी बाटोबाट सिण्डिकेट धारीलाई तह लगाउनै पर्छ,सरकार पनि हरेक सिण्डिकेटको अन्त्य गर्न लागिरहेको छ, हाम्रो उो क्षेत्रको सिण्डिकेट पनि केही समयभित्र अन्त्य गरेरै छोड्छौँ ।’

कार्यक्रममा सङ्गीतकार सङ्घका अध्यक्ष लक्ष्मण श्रेष्ठले प्रत्येक कलाकारहरूले आफ्नो सम्पत्ति सिधै एनटिसि र एनसेलमा दर्ता गराउने र अधिकार सुरक्षित गर्ने बाटो खोल्नुपर्ने धारणा राखेका छन् ।

उनले भने, ‘कानुनी माध्ययम मार्फत हामीले कसरी हुन्छ यो दादागिरीको अन्त्य गरौँ, केही व्यक्तिहरू महल बनाउने, कार चढ्ने कोही कलाकार बिरामी हुँदा उपचारगर्न नसक्ने स्थिति छ, खेत बेचेर गीतमा लगानीगर्ने कलाकारहरू भोकले मरिरहेका छन्, उता बिचौलियाहरुको टाठको जिन्दगीको बारेमा बयान गरी साध्य छैन ।’

समाजका अध्यक्ष निर्मल ढकालको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष सूर्य मगरले सङ्गीत बजारको स्थिति र सिण्डिकेटधारी केही म्युजिक कम्पनीका मालिकहरूको दादागिरीको बारेमा तयार पारिएका कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष मगरले नेपाल टेलिकम, एनसेल पछि म्युजिक नेपाल, हाईलाटस लगायतका संस्थाहरूले सर्जक, स्रष्टाहरूको बौद्धिक सम्पत्तिको चरम शोषण गरेको समेत दाबी गरेका छन् । समाजका सचिव सुनिल लामिछानेले कलाकारहरूलाई यो आन्दोलनमा साथ दिनको लागि आग्रह गरेका छन् ।

प्रतिक्रिया