अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५३ | Colorodo: 16:08

एपेक्स बैंक घोटाला प्रकरणमा १४८ जनाविरुद्ध मुद्दा दायर

बिआरटीनेपाल २०७५ जेठ ६ गते १८:५९ मा प्रकाशित

काठमाडौं । नेपालको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो बैंक घोटाला हो एपेक्स बैंक घोटला काण्ड । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको एपेक्स बैंक घोटाला प्रकरणमा १४८ जनाविरुद्ध मुद्दा दायर गर्दै एक अर्ब २३ करोड बिगो दाबी गरिएको छ ।

काठमाडौंको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच २०७२ मंसिर ११ गते मर्जर प्रक्रियामा जाने सहमति भयो । सहमति पत्रमा हस्ताक्षर भएलगत्तै एपेक्सका अधिकारीहरु कमाउने दाउतिर लागे । उनीहरुले विभिन्न शाखाबाट अनियमित रुपमा कर्जा प्रवाह गर्न सुरु गरे ।

अन्ततः उनिहरु प्रहरीको नियन्त्रणमा पुगे अनि बल्ल थाहा भयो एपेक्सका पदाधिकारीहरुको दुरगति । दुई महिनाको अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले तत्कालीन एपेक्स बैंक घोटालाको अनुसन्धान कार्य सकेको छ । अनसुन्धानका क्रममा बैंकको १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ बराबरको आर्थिक अनियमिता गरेको भेटिएको हो ।

सिआइवीले निकै सुक्ष्म रुपमा गरेको अनुसन्धानपछि अन्तिम प्रतिवेदन सरकारी वकिलको कार्यालयमार्फत बुझाइएको छ । सिआइवीले बैंक घोटालाका १ सय ४८ जनाभन्दा बढी दोषीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत उच्च पाटन अदालतमा बैकिङ कसुर मुद्दा दर्ता गराएको हो । उनिहरुले काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका विभिन्न जिल्लाहरुमा रहेका कमसल जग्गालाई महँगो मूल्यमा मूल्यांकन गरी ऋण दिएको अनुसन्धानका क्रममा फेला परेको सिआइवीले जनाएको छ ।

अनुसन्धान सकिएसँगै उनिहरुबिरुद्ध एक अर्ब २३ करोड ५० लाख ५४ हजार ४ सय बिगो दाबीसहित मुद्दा दायर भएको छ । प्रतिवादीहरूमा एपेक्स बैकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताललगायत रहेका छन् । ब्यूरोले बैंक घोटाला प्रकरणमा २१ जनालाई पक्राउ गर्ने सफल भएको छ भने बाँकी १३७ जना अझै फरारको सूचीमा छन् । 

बैंक घोटाला काण्डमा ‘क’ वर्गका निर्माण व्यवसायी समेत परेका छन् । यस प्रकरणमा ठेकेदार मनोज भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको छ । मर्जर प्रक्रियामा गएलगत्तै त्यसको फाइदा उठाउँदै तत्कालीन सञ्चालकहरुले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज लगायतका शाखाबाट नक्कली ऋणी सिर्जना गरी कर्जा प्रवाह गर्ने गरेको अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू