अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 01:53

सभामुखले भने- सांसदका कुरा सुन्नुपर्यो सरकार

बिआरटीनेपाल २०७५ जेठ ४ गते १९:५८ मा प्रकाशित

काठमाडौं – सभामुख कृष्णबहादु रमहराले प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसदहरुले उठाएका विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

संसद सुरु भएयता सांसदहरुले विभिन्न विषय उठाए पनि सरकारका मन्त्रीहरु अनुपस्थित भएपछि सभामुखले ध्यानाकर्षण गराएका हुन् ।

‘यो सदन सुरु भएपछि विशेष समय लिएर माननीय सदस्यहरुले धेरै महत्वपूर्ण विषय उठाउनुभएको छ’, शुक्रबारको बैठकमा उनले भने, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, ध्यानाकर्षण भएकै पनि हुनुपर्छ ।’

सांसदहरुले विशेष समय लिएर राष्ट्रिय र स्थानीय समस्या उठाउने गरेका छन् । आजको कान्तिपुरको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू