अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

साम्राज्ञीको ह्याट्रिक सपना अधुरो

फिल्मीखबर २०७५ जेठ ३ गते १९:४७ मा प्रकाशित

युवा पुस्तामाझ कहलिएको नाम हो अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । डेब्यु फिल्म ड्रिम्समा अभिनेता अनमोल केसीलाई समेत आछुआछु बनाएकी उनी अहिलेकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् । नेपालमा कमै नायिकाले बुझ्ने पारिश्रमिक उनले अचेल एक फिल्मबाट हात पार्ने गरेकी छन् ।

ड्रिम्स र दोस्रो फिल्म ए मेरो हजुर २ हिट भएपछि साम्राज्ञी ह्याट्रिकको दौडमा थिइन् । यसैबिच उनी अभिनीत तेस्रो फिल्म तिमीसँग गएको चैत २३ गते प्रदर्शनमा आयो ।

यसमा उनको लिड अभिनय थियो । साम्राज्ञीको क्रेजका कारण यो फिल्मले बक्सअफिसमा सुखद नजिता ल्याउने धेरैको विश्वास थियो । साम्राज्ञी स्वयम् तिमीसँगले आफ्नो ह्याट्रिक सपना पूरा गर्नेमा ढुक्क थिइन् । तर, रिजल्ट न निर्माताले सोचे अनुसार आयो न त साम्राज्ञीको सपना नै पूरा भयो ।

यो फिल्म बक्सअफिसमा पत्तासाफ भयो भन्नु गलत हुनसक्छ । निर्माताले यसबाट लगानी सुरक्षित गर्न नसकेपनि घरजग्गा नै बेच्नु पर्ने अवस्था भने छैन । फिल्मले ठिकठाककै विजनेश गर्‍यो ।

फिल्मले जति कलेक्सन गर्‍यो त्यो साम्राज्ञीकै कारण सम्भव भएको हो । तर, यसको असर अब उनको आगामी प्रोजेक्टमा नपर्ला भन्न सकिन्न । र, उनलाई फिल्ममा लिन लाइन लागेर बसेका निर्मातारनिर्देशकको सङ्ख्यामा पनि ठुलै छाँटकाँट हुनेछ । 

कलाकारका कारण कुनै पनि फिल्म सफल वा असफल हुने भन्ने हुँदैन । तर, यी दुईमध्ये जुनसुकै नजिता आएपनि कलाकारलाई त्यसले प्रत्यक्ष प्रभाव भने पार्छ । अब उनी अभिनीत दुई नयाँ फिल्म रिलिजको तरखरमा छन् ।

उनले अभिनेता आर्यन सिग्देलसँग काम गरेको फिल्म कायरा साउन १८ गतेबाट प्रदर्शनमा आउँदै छ । यसका लागि साम्राज्ञीले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । साम्राज्ञी र आर्यनले पहिलो पटक एकसाथ ुस्कृनु शेयर गरेका कारण दर्शकहरू यो कपललाई पर्दामा हेर्न निकै आतुर छन् ।

उता साम्राज्ञी अभिनीत पाँचौँ फिल्म इन्टु मिन्टु लन्डनमा पनि अब प्रदर्शनका लागि तयारी अवस्थामा छ । तर, यसको प्रदर्शन मिति भने तय भएको छैन । कायरा र इन्टु मिन्टु लन्डनमा मध्ये एक फिल्म हिट मात्र भए पनि साम्राज्ञीको ह्याट्रिक गर्ने सपना पूरा हुनेछ ।

प्रतिक्रिया