अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

चलचित्र पत्रकार सङ्घ, नेपाल: प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ जेठ २ गते १०:२९ मा प्रकाशित

विषय: चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार सम्बन्धमा

चलचित्र पत्रकार सङ्घ नेपालले प्रत्येक वर्ष जेठ–७ गतेलाई ‘चलचित्र पत्रकारिता दिवस’का रूपमा मनाउँदै आइरहेको छ । ०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा सङ्घ विधिवत् रूपमा दर्ता भएको थियो । त्यसैले यो दिनलाई सङ्घले उत्सवको रूपमा मनाउँदै आइरहेको हो ।

मिति २०७५ जेठ २ गते बुधवार (आज) बसेको सङ्घको कार्यसमिति बैठकले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर सङ्घले प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारसम्बन्धी निर्णय गरेको छ । सङ्घले यसवर्ष चलचित्र पत्रकारितामा लामो समयदेखि क्रियाशील दुईजना पत्रकारलाई ‘चलचित्र पत्रकारिता सम्मान’ प्रदान गर्ने भएको छ । आज बसेको बैठकले सङ्घका पूर्वउपाध्यक्ष तथा हाल रमाइलो टिभीका अध्यक्ष दयाराम पाण्डे र सङ्घका सदस्य, नेपाल पत्रकार महासङ्घका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई उक्त सम्मान प्रदान गर्ने निर्णय भएको छ । चलचित्र पत्रकारितामा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सङ्घले पाण्डे र लम्साललाई सम्मान गर्ने निर्णय गरेको हो । 

यसै गरी सङ्घले सङ्घका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र सङ्घकी सदस्य तथा टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा निरन्तर देखिएको सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरूप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

त्यसै गरी सङ्घले अघिल्लो वर्षदेखि वितरण गर्न थालेको ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष फिल्मी खबर डटकममा कार्यरत पत्रकार अञ्जान दाहाल (मनिष) लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रोत्साहन पुरस्कारमा दाहाललाई १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । सङ्घले आगामी जेठ ७ गते १९ औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा यी सम्मान तथा पुरस्कार वितरण गरिनेछ ।

महासचिव
अनिल यादव
चलचित्र पत्रकार सङ्घ, नेपाल

प्रतिक्रिया